ओलीद्वारा महाधिवेशन आयोजक कमिटी बैठक आह्वान

चैत्र ३०, २०७७ | काठमाडौं

सत्तारुढ नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक आगामी बैशाख ६ गते बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैशाख ६ गते बिहान ११ बजे काठमाडौंको बालुवाटारमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो । 

सो बैठकमा समसामयिक राजनीतिक र सांगठनिक विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । चैत ७ गते बसेको केन्द्रीय कमिटीको बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । 

बैठकले २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको थियो । अध्यक्ष ओलीले १० औं महाधिवेशन गर्ने तयारी स्वरुप प्रक्रिया अघि बढाएपनि पार्टीभित्र एकलौटी गरेको भन्दै खनाल–नेपाल पक्षले भने असन्तुष्टि जनाएको छ ।


प्रतिक्रिया