सिंगटीमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु, १७ घाईते

चैत्र ३१, २०७७ | दोलखा

दोलखाको विगू गाउँपालिका—४ सिंगटी नजिकै चारगोलाईमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । १७ जना घाईते भएकाछन् । बागमती प्रदेश ०१०२३ च ७५८० नम्बरको टाटायोधा को जीप गएराती ११ बजेतिर दुर्घटना हुँदा एकै गाउँका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विगू ३ का ३५ बर्षीय विनोद केसी, ४५ बर्षीया अजिता खत्री, ५२ बर्षीया राधा खत्री र २४ बर्षीय चन्दिका खड्का रहेको दोलखाका प्रहरी नायव उपरीक्षक भेषराज रिजाललेले जानकारी दिनुभयो । दुर्घटनामा अन्य १७ जना घाईते गम्भीर भएका छन् । 

घाईते हुनेहरुमा विगू गाउँपालिकाकीसविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ चेत विक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का रहेका छन् । यस्तै सुस्मिता श्रेष्ठ,तुलकुमारी श्रेष्ठ कृतनदेवी कार्की लक्ष्मी बुढाथाकी, उर्मीला खड्का सलोम खड्का र चालक किशोर खड्का रहेको प्रहरीले जनाएको छ । 

उनीहरुको चरिकोट र उपचार दोलखा धुलीखेल अस्पतालमा उपचार भैरहेको छ । गम्भीर केहि घाईतहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटना परेका १० महिने शिशु भने सकुशल रहेको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो । उनीहरु सबै तातोपानी नुहाएर घर फर्कदै गरेको प्रहरीले जनाएको छ । 

क्षमता भन्दा बढी यात्रु बोकको जीप उकालो र कच्ची बाटोका कारण चालककले घुम्ती काट्ने क्रममा चालककले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको छ ।


प्रतिक्रिया