अलबिदा ! मखमली आवाजका धनी प्रेमध्वज प्रधान

वैशाख २३, २०७८ | काठमाडौं

जुनसुकै क्षेत्रका किन नहोउन्, सफल व्यक्तिका लागि आफ्नो उचाई कायम राख्नु र सम्बन्धित क्षेत्रमा उही रफ्तारमा अघि बढ्नु दुवै चुनौतीपूर्ण हुन्छ । केही यस्ता असाधारण व्यक्ति हुन्छन् जो आफूलाई दुवैमा अब्बल सावित गर्छन् । त्यसैमा पर्छन्, वरिष्ठ संगीतसाधक प्रेमध्वज प्रधान ।

काठमाण्डौबाट २८ माइल पूर्व सिन्धुपाल्चोकको चौतारामा जन्मिएर साढे ७ दशक साँगितक श्रेत्रमा सक्रिय प्रधानको स्वर माधुर्यबाट स्वम् स्वर सम्राट नारायण गोपाल पनि प्रभावित थिए । नेपाली आधुनिक गायन होस् वा चलचित्र दुबैमा प्रधानका केही गीत अझै पनि उत्तिकै लोकप्रिय र कालजयी छन् ।

नेपाल भाषा, नेपाली र फिल्म संगीतमा उत्तिकै रुचाइएका प्रधान भारतीय गायिकासँग युगल गीत गाउने पहिलो गायकको रुपमा पनि चिनिए । मायालु फिल्मका लागि आशा भोस्लेसँग सुनिएका प्रधान माइतीघर फिल्मका लागि उषा मंगेशकरसँग गाएको युगल गीतकै कारण उतिबेला बम्बईमा पनि खुबै चर्चामा थिए ।

नेपाली गीत संगितको आकाशमा एउटा अथक उडान भर्ने प्रधान आफ्नो समयका खुबै स्टाइलिश अनि चर्चित मात्रै होइन निकै अनुशासित र सदाबहार गायक थिए । उतिबलाको शाख आफ्नो अन्तिम समयसम्म पनि कायम राख्न उनी सफल भए ।

प्रेमध्वजले परिवारकै सानिध्यमा संगित सिके । जिजुबाजे नारायणकृष्ण र बाजे शास्त्रिय संगितका शौखिन थिए भने आमा प्राणदेवी र बुबा गणेशलाल दुवै कलाकार । आमाकै संगितमा गीत गाउने भाग्यमानी गायक पनि थिए प्रेमध्वज । यिनको आवाजमा सुगम संगितको बासना महसुस हुन्थ्यो ।

नेपाली सुगम संगित क्षेत्रमा प्रेमध्वजको स्थान तलक मेहेमुद् र मेहदी हशनको हाराहारी रहेको थियो । नेपालका पहिलो गीतार बाधक अनि संगित सफ्ट मेलोडि अर्थात मखमली स्वरका लागि चिनिएका प्रेमध्वज आफ्नो आवाजको जादूले श्रोताको मन मस्तिष्कमा बस्न सफल थिए ।

नेपाली सांगितिक क्षेत्रको श्रीवृद्धिमा प्रेमध्वजको योगदान अतुलनीय छ । सांगितिक क्षेत्रको उच्च घराना मानिएका प्रेमध्वजका अनुभव भोगाई र विचार सांगितक क्षेत्रका गायक गायिकाका लागि सदैव प्रेरणादायी छन् । प्रधानलाई रेडियो कान्तिपूरले २०७६ सालमा लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो भने २०७५ सालमा सलाम जिउँदो इतिहासमार्फत सम्मान गरेको थियो ।

नेपाली सांगितिक क्षेत्रमा ७ सय भन्दा बढी गीत ,संगीत सुम्पिएका अनि गायनमार्फत नेपाली संगीतमा अजर अम्बर बन्नुभएका संगीत साधक, मखमली आवाजका गायक प्रेमध्वज प्रधान अब हामीबीच भौतिक रुपमा रहनुभएन । प्रेमध्वज प्रधानको ८४ वर्षको उमेरमा बिहिबार अपरान्ह निधन भएको छ ।

 सिन्धुपाल्चोकको चौतारामा सन् १९९४ मा जन्मिएका प्रधानले १६ वर्षको उमेर रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए । आमा प्राणदेवी प्रधान र गणेशलाल श्रेष्ठबाट संगीतको प्रारम्भिक शिक्षा लिएका प्रधानले ‘याद आइरहेछ कसैको यो अँधेरी रातमा’ पहिलो रेकर्डेड गीत थियो । उहाँका ‘घुम्तीमा नआउ है, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो यो गाउँको पर लैजाउ फूलहरू लगायतका सयौँ गीत चर्चित छन् । नेपाली गीत–संगीतको आकाशमा उहाँ सधैं उज्ज्वल भई चम्किइरहनुहुनेछ । भावपूर्ण श्रद्धान्जलि नेपाली गीत–संगीतका अमर नक्षत्रप्रति । 


प्रतिक्रिया