पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि

वैशाख २६, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २२ जना निको भएका छन् भने ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै काठमाडौं उपत्यकामा ४ हजार १ सय ९८ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १ सय ६१, ललितपुरमा ५ सय ३३ र भक्तपुरमा ५ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।

 होम आइसोलेसनमा ८१ हजार ४ सय ३० र संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ३० गरी मूलुकभर ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट ८ हजार ७ सय ७७ र ५ सय ६ इन्टीजेन परीक्षणबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । विभिन्न स्थानमा मृत्यु भएका २६ जनाको अद्यावधिक नगरेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो । 


प्रतिक्रिया