मुलुकका विभिन्न स्थानमा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु

जेष्ठ ५, २०७८ | नेपालगञ्ज, बुटवल

मुलुकका विभिन्न स्थानमा कोरोना संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा मात्र कोरोना सक्रमणबाट रातभरीमा १५ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ३ का ६१ वर्षिय पुरुष, ४ का ६७ वर्षिय पुरुष र ६ का ४५ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै कोहलपुर नगरपालिका ४ का ४२ बर्षिय पुरुष, ११ का ५८ वर्षिया महिला र १२ का ४१ वर्षिय पुरुष, राप्तीसोनारी गाउँपालिका २ का ५९ वर्षिया महिलाको पनि मृत्यु भएको छ । 

बर्दियाको बढैयाताल गाउँपालिका २ का ८४ पुरुष, ठाकुरबाबा नगरपालिका १ की ३८ बर्षिय महिला र ९ का ६३ बर्षिय पुरुषको पनि कोरोना संक्रमण कै कारण ज्यान गएको छ । कैलालीको टिकापुर नगरपालिका १६ का २८ बर्षिय पुरुष र लम्कीचुहा नगरपालिका ५ की ६८ महिला मृत्यु भएको छ । रकुम पश्चिमको सानोभेरी नगरपालिका ११ का ३६ बर्षिय पुरुष, त्रिवेणी गाउँपालिका १ का २७ बर्षिय महिलाको पनि मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका २ का ६५ वर्षिय पुरुषको पनि ज्यान गएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा थप ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र २ जना महिला हुन् । रुपन्देहीको तिलोत्तमा–५ का ६१ वर्षीय पुरुषको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो । बुटवल–१३ का ५२ वर्षीय पुरुषको हिजो सांझ ७ बजेर १० मिनेटमा, बुटवल ७ की ६० वर्षीया महिलाको साढे ७ बजे र पाल्पाको तिनाउ गाउँपालिका ६ की ६० वर्षीया महिलाको हिजो दिउँसो ४ बजेर २० मिनेटमा मृत्यु भएको थियो ।

यस्तै भैरहवा स्थित भिम अस्पतालमा ३ जनाको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता नारायण पोखरेलका अनुसार ओमसतिया गाउँपालिकाका ५७ वर्षिय पुरुषको गएराती मृत्यु भएको छ । परासी ६ का ४६ वर्षिय पुरुषको बिहान ५ बजे र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षिय पुरुषको बिहान १ बजे मृत्यु भएको हो ।

बुटवल कै लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ जनाको मृत्यु भएको छ । बुटवल १३ की ८० वर्षीया महिला र ओमसतीया १ का ४० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताउनुभयो ।


प्रतिक्रिया