गण्डकी प्रदेशले महामारी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने

जेष्ठ १७, २०७८ | पोखरा

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट महामारी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर ल्याउने भएको छ । प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोभिड–१९ को उपचार, विशेष अस्पताल र अक्सिजन प्लान्ट निर्माणमा जोड दिने बताउनुभएको हो ।

 सांसदहरुबाट प्राप्त सुझावलाई समेटेर आगामी वर्षका लागि बजेट ल्याइने मन्त्री गुरुङले बताउनुभयो । तर बजेट ल्याईनु पूर्व एमाले नेता पृथ्वीसुब्वा गुरुङ नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिनु पर्छ । विपक्षी दलका सांसदले विश्वासको मत लिएर मात्र बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । 


प्रतिक्रिया