पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु

असार ९, २०७८ | रोल्पा

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । 

रोल्पा नगरपालिका—९ धानपुरका टिकासिंह बुढाको घरमा पहिरो खसेपछि उनका आमा ८६ बर्षीया प्रमिता, बुहारी सुशीला र नातीनी श्यामकलाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । 

टिकासिंह घम्भीर घाइते भएका छन् । अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक सुवेदीले धानपुर गाउा नै पहिरोको जोखिममा रहेको बताउनुभयो । ठाउँठाउँमा पहिरो खसेर बाटो अवरुद्ध हुँदा घाइतेहरुको उपचार र उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया