काठमाडौंमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सनको खोप

श्रावण ६, २०७८ | काठमाडौं

काठमाण्डौंमा आजदेखि १८ वर्ष माथिका सबैलाई कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप दिन शुरु गरिएको छ । काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खोपको उपलब्धतका आधारमा १८ वर्ष माथिका सबैलाई खोप उपलब्ध गराएको जानकारी दिनुभयो । 

उहाँले आजदेखि १८ वर्षमाथिका सबैलाई तोकिएका विभिन्न खोप केन्द्रबाट खोप उपलब्ध गराएको पनि बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोनसन एण्ड जोनसन खोप एक डोज मात्र लगाए पुग्ने जनाएको छ । यसअघि साउन ४ गतेदेखि सञ्चालित जोनसन एण्ड जोनसन खोप अभियानमा ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक , नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई खोप लगाउन शुरु गरिएको थियो ।

 स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप गत असार २८ गते नेपाल ल्याइएको थियो । 


प्रतिक्रिया