विप्लव माओवादीका नेता अन्य दलका नेतासँग परामर्शमा व्यस्त, प्रधानमन्त्री देउवासँग छलफल

श्रावण ६, २०७८ | काठमाडौं

५ महिनाअघि केपी ओली नेतृत्वको तत्कालिन सरकारसँग सहमति गर्दै भूमिगत राजनीति त्याग गरेको नेत्रविक्रम चन्द नेतृत्व माओवादीका नेताहरुले पछिल्ला केही दिनमा विभिन्न दलका प्रमुख नेताहरुसँग लगातार रुपमा परामर्श गरेका छन् । 

प्रतिनिधिसभा पुर्नस्थापनापश्चात् नयाँ गठबन्धनको सरकार गठन भएपछि चन्द नेतृत्वको माओवादीले अन्य दलसँग परामर्शलाई तीव्रता दिएका हो । यसैक्रममा नेता चन्दसहितको नेताले प्रधानमन्त्री एवम् नेपाली कंग्रेसका सभापति शेरवहादुर देउवासँग भेटघाट गरेका छन् । सो क्रममा नेताहरुले तत्कालिन सरकारसँग भएको सहमति कार्यन्वयनका लागि प्रधानमन्त्री देउवासँग आग्रह गरेको बुझिएको छ ।

 आफ्ना नेता कार्यकर्ताको रिहाइको बिषयलाई चन्द नेतृत्वको माओवादीले महत्वका साथ उठाउँदै आएको छ । उक्त पार्टीका नेताहरुले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता बाबुराम भट्टराई लगायतसँग भेट गरेका थिए । 


प्रतिक्रिया