लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री सम्पर्क विहिन

रेडियो कान्तिपुर संवाददाता

श्रावण १६, २०७८ | बुटवल

माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला कुमारी खत्री (वली) सम्पर्क विहिन हुनुभएको छ ।

वली बिहीबार साँझदेखि सम्पर्क बिहीन रहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताउनुभयो । घर्तीमगरले भन्नुभयो–‘हामीले निरन्तर फोन गरेका छौं । उहाँले चलाउने यौटा मोबाइल अफ छ । यौटामा घण्टी जान्छ तर उठ्दैन ।’

परिवारले उहाँ तुल्सीपुरबाट आफन्तकहाँ नेपालगन्ज गएको बताएको छ । तर, उहाँको मोबाइलको लोकेशन भने रुपन्देहीको बुटवलस्थित नयागाउँ आसपासमा देखिएको सचेतक घर्तीले बताउनुभयो ।

वली दाड. ३ (२) की सांसद हुनुहुन्छ । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि उहाँ उपनिर्वाचन मार्फत चुनिनुभएको हो ।  नेकपा हुँदा चुनाव जितेकी वलीले पार्टी विभाजन पछि भने माओवादी केन्द्र रोज्नुभएको थियो । 


प्रतिक्रिया