संसद बैठक बस्दै

रेडियो कान्तिपुर संवाददाता

आश्विन ७, २०७८ | काठमाडौं

 संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि दुवै सदनको छुट्टाछुट्टै बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा आज बजेटसँग सम्बन्धित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ ।

दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गर्नुहुनेछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने लगातार संसद अवरोध गरिरहेको छ । त्यसका बाबजुत सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई अगाडि बढाइरहनुभएको छ ।

यस्तै, राष्ट्रियसभामा पनि विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ । अर्थमन्त्री शर्माले विनियोजन विधेयक–२०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ ।     


प्रतिक्रिया