नवमीमा पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा श्रद्धालुको भीड

आश्विन २८, २०७८ | पाल्पा

बडा दशैंको नवौँ दिन महानवमीका अवसरमा आज बिहानैदेखि पाल्पाका शक्तिपीठहरुमा देवीको दर्शन गर्ने, जमरा चढाउने र भजनकिर्तन गर्नेको घुँईचो लागेको छ ।

पाल्पाको तानसेनस्थित रणउजीरेश्वरी भगवती, भैरवस्थान, विभिन्न स्थानमा रहेका देवीका मन्दिर, कोतघरमा पूजा गर्नेको लाइन लागेको छ । रणउजीरेश्वरी भगवतीको मन्दिरमा भवगती जात्राको दिन बिहान र दसैंको नवमीका दिन बढी भीड लाग्ने संस्कृतिविद् राजेन्द्रगोपाल सिंहले बताए ।

महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा देवी देवताका मन्दिर, कोतघर, शक्तिपीठमा श्रद्धालुले लगेर चढाएका छन् । आजैका दिन देवीका मन्दिर र शक्तिपीठमा बोका, हाास, कुखुरा र राागाको बली दिइएको छ । संस्कृतिविद् मदन देउरालीका अनुसार नवमीमा दिनमा जमरा देवी देवतालाई चढाउने प्रचलन रहेको छ ।

पाल्पाका कोतहरुमा हर्षबढाइाका साथ अग्ला डााडामा रहेका देवीका मन्दिरमा पूजा गरिएको छ । पाल्पाको तानसेनस्थित निशान घरमा निशान भगवती, ऐतिहासिक दशैघरमा पूजा गरिएको छ । पाल्पाको अग्लोडााडामा रहेका मुझुङ्ग, छहरा, भुवनपोखरी, खालीवन, सिलुवा, बिरकोट, गल्धा, ज्यामिरे, अर्चले लगायतका गाउाका कोटघर र देवीको मन्दिरमासमेत दर्शनार्थीको घुँइचो लागेको छ । 


प्रतिक्रिया