महिला हिंसा न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न मानव अधिकार आयोगको आग्रह

रेडियो कान्तिपुर संवाददाता

मंसिर ९, २०७८ | काठमाडौं

राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नारासहित सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन आज आयोगले विज्ञप्ति जारी गर्दै अभियानलाई प्रभावकारी र अर्थपूर्ण रुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आह्वान गरेको हो ।

 आयोगले महिला हिंसासम्बन्धी उजुरीको विश्लेषण गर्दा नेपालमा महिला हिंसाका अधिकांश घटना घरभित्रै हुने र परिवारकै सदस्यको संलग्नता देखिने गरेकोले घरभित्र हुने महिला हिंसाको अन्त्य हुन सकेमा महिला हिंसाको न्यूनीकरणमा ठूलो उपलब्धि हुने देखिएको जनाएको छ । 


प्रतिक्रिया