नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशन : पदाधिकारी चयनमा ओली पक्षमै दुई वटा समीकरण

रेडियो कान्तिपुर संवाददाता

मंसिर ९, २०७८ | चितवन

नेकपा एमालेको भोलिबाट सुरु हुने १० औं महाधिवेशनमा पदाधिकारी चयनको रस्साकस्सी चलिरहँदा केपी ओली पक्षधर नेताहरुबीच नै २ वटा समीकरण बन्ने देखिएको छ । 

जस अन्तर्गत ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु रिमालको एउटा पक्ष देखिएको छ भने अर्को तर्फ विष्णु पौडेल, सुवास नेम्वाङ र पृथ्वी सुब्बा गुरुङ रहेका छन् । स्रोतका अनुसार ईश्वर पोखरेल र नेम्वाङ दुवैले वरिष्ठ उपाध्यक्षमा, विष्णु पौडेल र शंखर पोखरेलले महासचिवमा, र रिमाल र सुब्बाले उपमहासचिवमा उम्मेदवारी दिन लागेका हुन् ।

दुवै पक्षले सोही समीकरण अनुसार आफ्ना अगुवा नेताहरुसँग भेटघाट सुरु गरिसकेका छन् । यस्तै पूर्व माओवादी घटकहरुको समर्थन जुटाउन पनि दुवै पक्षका नेताहरु प्रयासरत रहेको स्रोतले जनाएको छ । पूर्व माओवादी घटकबाट मात्रै २ सय बढी प्रतिनिधी रहेका छन् । यसअघि १० बुँदे सहमतिमा सहभागी घनश्यास भूसाल, योगेश भट्टराई लगायतका नेताहरुले भने समीकरणबारे केही बताएका छैनन् ।


प्रतिक्रिया