राप्रपामा नेतृत्व नयाँ, विचार र सिद्धान्त पुरानै

मंसिर २१, २०७८ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेनको जितलाई धेरैले राजनीतिक दलमा पुस्तान्तरणको प्रस्थान बिन्दुका रुपमा व्याख्या गर्न सुरु गरेका छन् । 

युवा बाहूल्य महाधिवेशन प्रतिनिधिको उपस्थितिले अन्तिम मत परिणाममा ल्याउन सक्ने उलटफेर बुझ्न पनि राप्रपाको एकता महाधिवेशन एउटा उदाहरण भएको छ । तर, पार्टीमा नेतृत्व हस्तान्तरण गर्न सफल लिङ्देन राप्रपाको आन्तरिक जीवनमा प्राण भर्न कत्तिको सफल हुन्छन् त्यो परीक्षण हुन बाँकी नै छ ।


प्रतिक्रिया