नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

रेडियो कान्तिपुर संवाददाता

माघ १२, २०७८

१२ औं जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रिय तथ्याङक विभागले सार्वजनिक गरेको नतिजा अनुसार, कूल जनसंख्यामध्ये नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या ६ लाख भन्दा बढी छ । विभागका अनुसार महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ तथा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ पुगेको छ । २०६८ सालको तुलनामा हालको जनसंख्या १० दशमलव ६९ प्रतिशतले बृद्धि भएको हो । त्यस्तै, वार्षिक जनसंख्या वृद्धिदर शुन्य दशमलव ९३ प्रतिशत रहेको छ । १० वर्ष अघि नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो । मधेश प्रदेशमा सबैभन्दा धेरै ५४ लाख ४ हजार १ सय ४५ तथा कर्णाली प्रदेशमा सबैभन्दा कम १५ लाख ७० हजार ४ सय १८ रहेको विभागको तथ्याङ्क छ ।


प्रतिक्रिया