मलेठ घटनामा सुरक्षाकर्मीद्धारा मानवअधिकारको उल्लंघन भएको प्रदेश सरकारको निष्कर्ष

फाल्गुन २३, २०७८

पाँच वर्षअघि सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा पाँचजनाको ज्यान जाने गरि भएको घटनामा सुरक्षाकर्मीद्धारा मानवअधिकारको उल्लंघन भएको निष्कर्ष प्रदेश सरकारको छानविन समितीले निकालेको छ । नेकपा एमालेको तात्कालीन मेची महाकाली अभियान अन्तरर्गत मधेशी मोर्चाका कार्यकर्ताहरुमाथी सुरक्षाकर्मीले गोली चलाउँदा २०७३ साल फागुन २३ गते सप्तरीको मलेठमा पाँच जनाको गोली लागि मृत्यु भएको थियो ।

 सो घटनावारे राष्ट्रिय मानव अधिकार आयोगले छानविन गरेपनि प्रदेश सरकारले सो समितिको प्रतिबेदनमाथी असन्तुष्टी जनाउदै मन्त्री स्तरिय छानविन टोली गठन गरेको थियो । समितीले प्रदेश सरकारलाई प्रतिवेदन बुझाई सकेपनि सार्वजनिक हुन सकेको छैन । छानविन टोली स्रोतवाट प्राप्त प्रतिवेदनमा मलेठ घटनामा सुरक्षाकर्मीले गरेको बल प्रयोग अन्तरराष्ट्रिय मानव अधिकार कानुन अनुसार विपरित भएको ठहर गरेको छ । 


प्रतिक्रिया