लेटाङ घटना छानविन गर्न पाँच सदस्यीय समिति गठन

चैत्र ९, २०७८

प्रदेश–१ प्रहरी कार्यालयले मोरङको लेटाङ घटनाको छानविन गर्न एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । एक प्रहरी जवानको ज्यान जाने गरी भएको घटना अनुसन्धान गर्न गठित समितिलाई १० दिनको म्याद दिईएको प्रदेश–१ प्रहरी प्रमुख डीआईजी अरुणकुमार विसीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङले पनि घटनाबारे अलग्गै अनुसन्धान गरिरहेको छ । 

लेटाङ नगरपालिका–५ खेरुवास्थित यौन दुब्र्यवहारका आरोपित शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उत्तेजीत भीडले गत आइतबार आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यसपछि भडकिएको हिंसालाई नियन्त्रण लिन मोरङ प्रशासनले सोमबारदेखि लगाएको कफ्र्यु आजदेखि केही खुकुलो गरेको छ । शिक्षक पौडेलले कक्षा ६ मा अध्ययनरत छात्रामाथि यौन र्दुब्यवहार गरेको आरोप छ । आक्रमणमा २५ प्रहरी र ७ सर्वसाधारण घाइते भएका थिए । घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

प्रहरी स्रोतका अनुसार कसैको उक्साहटमा लेटाङ घटना भएको र त्यसमा लागूऔषध दुब्र्यसनीलाई प्रयोग गरिएको आशंका छ । नत्र कोही पनि सर्वसाधारणले बर्दीवालालाई घाँटीमा चक्कु प्रहार गर्ने हिम्मत गर्न नसक्ने प्रहरी स्रोतको बुझाई छ ।  


प्रतिक्रिया