मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा विजयी

वैशाख ३१, २०७९

मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित हुनुभएको छ । लामाले १ सय ५८ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाको पक्षमा १ सय ११ मत खस्यो । यसअघि उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएको चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनाङकै चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले पुन निर्वाचित हुनु भएको छ । घलेले ३ सय २० मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाको पक्षमा २ सय ७९ मत खस्यो । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित हुनुभएको छ । उहाँले ३ सय २५ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत प्राप्त गर्नुभयो ।


प्रतिक्रिया