घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन २ मतले विजयी

रेडियो कान्तिपुर संवाददाता

वैशाख ३१, २०७९

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतको अन्तरले विजयी हुनुभएको छ । उहाँले एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गर्नुभएको हो । सो पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएको छ । अन्तिम मतपरिणाम अनुसार कांग्रेसका मोहनसिंह लालचन ७ सय ६० मत लिएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा कांग्रेसकै जमुना थापा मगर ६ सय ९३ मत सहित विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत प्राप्त गर्नुभयो । मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीका अनुसार घरपझोङ गाउँपालिकामा १ हजार ५ सय ९८ मत खसेको थियो । 


प्रतिक्रिया