नवलपरासीको बौदिकाली गाउँपालिकामा एमाले विजयी

जेष्ठ १, २०७९

पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको अध्यक्ष ,उपाध्यक्षमा एमाले बिजयी भएको छ । एमालेका तर्फबाट गाउँपालिकाको अध्यक्षमा ३ हजार ९ सय ७६ मतसहित प्रकाश ओझा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी केबी रानाले ३ हजार ५स य ४१ मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा डिलकुमारी सारु ३ हजार ९ सय ६२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी धनकान्ती घिमिरेले ३ हजार ५ सय ६ मत ल्याउनुभयो ।


प्रतिक्रिया