बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी

जेष्ठ १, २०७९

बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएको छ । रोकाया २ हजार ७ सय ७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १ हजार २ सय ३ मत प्राप्त गर्नूभयो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका रामखाती ३ हजार १ सय ५० मतसहित विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २ हजार ५ सय ८७ मत ल्याउनुभयो ।


प्रतिक्रिया