भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदैं

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २, २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदैं हुनुहुन्छ । २५ सय ६६ औं बुद्व जयन्तीको अवसरमा सहभागि हुन प्रधानमन्त्री मोदी भारतीय वायुसेनाको हेलिकोप्टरबाट विहान साढे १० वजे आउनुहुने लुम्बिनी बिकास कोषले जनाएको छ । लुम्बिनी आएपछि प्रधानमन्त्री मोदी मायादेवी मन्दिरमा आयोजना हुने पूजामा सहभागी हुनुहुनेछ । त्यसलगत्तै प्रधानमन्त्री मोदीले लुम्बिनीको पश्चिम बिहारी क्षेत्रमा निमार्ण गरिने इन्टरनेशल बौद्विष्ट कन्फिडेरेशन (आइसीबी) बिहारको शिलान्यास गर्ने कार्यक्रम छ । सो विहारको शिलान्यास भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा गर्ने कार्यक्रम छ । सो बिहारको शिलान्यासपछि लुम्बिनीको एक होटलमा दुई मुलुकका प्रधानमन्त्री बीच भेटवार्ता र समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम छ ।

सोही होटलमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीलाई दिवा भोज दिने कार्यक्रम छ । त्यसपछि लुम्बिनीमा नयाँ निर्माण भएको पाँच हजार जना अटने बौद्व सभा हलमा दुबै मुलुकका प्रधानमन्त्रीले बुद्व जयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 


प्रतिक्रिया