प्रधानमन्त्री देउवाद्धारा बौद्ध सम्मेलन केन्द्रको उद्घाटन

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २, २०७९

बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्नुभएको छ । ५ हजार जना अट्ने क्षमताको सो हलको प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो । प्रत्येक वर्ष अस्थायी हल निर्माण गरेर बुद्व जयन्ती समारोह आयोजना गरिदैं आएको थियो । सम्मेलन र समारोह आयोजनाका लागि ५ वर्ष अघि हलको निमार्ण थालिएको थियो । यसै हलमा आज अपरान्ह नेपाल र भारतका प्रधानमन्त्रीद्वयले २५ सय ६६ औं बुद्व जयन्ती समारोहलाइ सम्बोधन गर्ने कार्यक्रम छ । हललाइ सिंगारेर चिटिक्क पारिएको छ । दुबै मुलुकका प्रधानमन्त्री समारोहमा सहभागी हुने पछि सुरक्षा व्यवस्था कडा तुल्याइएको छ ।


प्रतिक्रिया