बजेट अधिवेशन आजदेखि

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३, २०७९

संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन आज अपरान्ह ४ बजेलाई बोलाउनुभएको हो । संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । बैठकमा सरकारले जारी गरेका दुई अध्यादेश पेस गर्ने, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट पठाएको पत्र सुनाउने लगायत विषयलाई कार्यसूचीमा राखिएको छ ।

एमालेले भने यसअघि जस्तै विरोध जारी राख्ने जनाएको छ । एमालले भदौ २३ देखि संसदमा विरोध जारी राखेको छ । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले सो सिफारिस कार्यान्वयन नगरेको भन्दै उसले संसद् अवरोध जारी राखिरहेको छ । सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग छ । सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउदै छ । जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । 


प्रतिक्रिया