सिन्धुलीको कमलामाईमा दुइवटा मतपत्र बढि भेटिएपछि मतगणना रोकियो

जेष्ठ ५, २०७९

मुचुल्कामा लेखिएको भन्दा २ वटा मतपत्र बढि भेटिएपछि सिन्धुलीको कमलामाई नगरपालिकामा मतगणना रोकिएको छ । वडा नं १३ मत पेटिकामा खसेको मतभन्दा बढि भेटिएपछि मतगणना रोकिएको हो । मुचुल्कामा भएको भन्दा २ वटा मतपत्र बढि भेटिएकाले गणना रोकिएको निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले बताउनुभयो ।

मुचुल्का गरेपछि मतपेटिकामा भएको मत नै सदर हुने भएकाले अनावश्यक विवाद गरेर मतगणना रोक्नुको कुनै तुक नहुने मुख्य निर्वाचन अधिकृत समेत रहेका सापकोटाको भनाइ छ । कमलामाइको १४ वडा मध्ये ११ वटाको परिणाम घोषणा भइसकेको छ । । वडा नं १,४,५,६,९ नं कांग्रेस ३,७,८,११ नं एमाले र २ र १० नं वडा माओवादी केन्द्रले जितेको छ । हालसम्मको गणनामा गठबन्धनबाट मेयरमा कांग्रेसका उपेन्द्र पोखरेलले अग्रता कायम राख्नुभएको छ । उहाँले १२ हजार ५ सय ३९ मत प्राप्त गर्नुभएको छ भने एमालेका महेन्द्रदेव श्रेष्ठले १० हजार ८ सय ८ मतसहित पछ्याइरहनुभएको छ ।  


प्रतिक्रिया