पहिरोले मुग्लिन-नारायणगढ सडक अवरूद्ध

जेष्ठ १४, २०७९ | काठमाडौं

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका ६ नाग्दी खोला नजिकै आज साँझ साढे ५ बजे सुख्खा पहिरो खसेको छ । पहिरोमा परी माइक्रो बस र कारमा क्षति पुगेको छ भने केही व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि भरतपुर लगिएको हाम्रा सहकर्मीले जनाएका छन् ।

 ईलाका प्रहरी कार्यालय, मुग्लिनबाट प्रहरी निरीक्षकको टोली अहिले घटनास्थलतर्फ गएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो । पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध छ । 


प्रतिक्रिया