उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

जेष्ठ १६, २०७९

सिद्धिचरण राजमार्गको अन्र्तगत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटेमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक बजुरा खोला नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित सुचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताउनुभयो । ट्रक सडकबाट करिव सय मिटर तल खसेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीको टोली सहित सशस्त्र प्रहरी परिचालन गरिएको छ । 


प्रतिक्रिया