बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप

रेडियो कान्तिपुर संवाददाता

असार ९, २०७९ | काठमाडौं

सरकारले ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई आजदेखि कोरोना संक्रमण विरुद्धको फाइजर खोप लगाउन शुरु गरिएको छ । पहिलो चरण अन्तर्गत २७ जिल्लामा आजदेखि आगामी बुधबारसम्म खोप अभियान जारी राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पहिलो मात्रा खोप लगाएकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप लगाइने मन्त्रालयले जनाएको छ । बाँकी ५० जिल्लामा भने भदौमा खोप अभियान सुरु गरिने मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया