पाटन अस्पताललाई तोकियो हैजा रोग उपचारको ‘डेडिकेटेड अस्पताल’

रेडियो कान्तिपुर संवाददाता

असार १२, २०७९ | काठमाडौं

जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि डेडिकेटेड अस्पताल तोकेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रजिअ घनश्याम उपाध्यायको संयोजकत्वमा आज बसेको बैठकले हैजा रोग तथा त्यससँग मिल्दोजुल्दो लक्षणको उपचारमा पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो । 

डेडिकेटेड तोकिएसँगै हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क खडा गरी सोहीअनुसार उपचारको प्रबन्ध मिलाइने प्रशासनले जनाएको छ । प्रजिअ उपाध्यायले ललितपुर जिल्ला र अरु ठाउँबाट आउने हैजा रोगका बिरामी तथा मिल्दोजुल्दो लक्षण भएका सबैले अस्पतालबाट उपचार सेवा लिन सक्ने बताउनुभयो ।

 बैठकमा पानीका मुहानमै उपकरणले परीक्षण गरेर मात्रै ट्यांकरमा हाल्न ट्यांकर व्यवसायीलाई निर्देशन दिइएको छ । त्यसका लागि हरेक तीन तीन दिनमा प्रशासन र जनस्वास्थ्य कार्यालयबाट अनुगमन गरिने पनि प्रजिअ उपाध्यायले बताउनुभयो । 


प्रतिक्रिया