पहिरोले घर पुर्दा पाँचथरमा ३ जना बेपत्ता

असार १८, २०७९ | पाँचथर

पाँचथरको फालेलुङ गाउँपालिका ७ मा अविरल वर्षापछि आएको पहिरोमा परि बेपत्ता भएका ३ मध्ये १ जनाको उद्धार भएको छ । बिही–दिन बजार नजिकै रहेको दलवहादुर मगरको घर पहिरोले पुर्दा अन्य दुई जना अझै हराइरहेको पाँचथरका प्रमूख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । 

पहिरोमा परि ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगर बेपत्ता भएका छन् । ४२ वर्षीय रुपलाल मगरलाई भने स्थानीयले उद्वार गरेका छन् । स्थानीय र सुरक्षाकर्मीको पहलमा बेपत्ताको खोजी भईरहेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया