पाँच वर्षको स्थायी सरकार बनाउने लक्ष्यका लागि रास्वपाले जनतासँग करार गरेको छ : लामिछाने
फाल्गुन ६, २०८२ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कैलालीको धनगढीमा वृहत जनसभा गरेको छ । सभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेताले सम्वोधन गरेका थिए । सभामा सुदूरपश्चिमस्थित सबै जिल्लाका उम्मेदवार समेत सहभागी भएका थिए ।
सभालाई सम्बोधन गर्दै सो पार्टीका सभापति लामिछानेले स्थायी सरकार बनाउने लक्ष्यसहित चुनावमा होमिएको बताउनुभयो । लामिछानेले आफूहरूले ५ वर्षको स्थायी सरकार मागेको भन्दै आफूहरूले जनतासँग करार गरेको बताउनभयो ।वर्षौं सम्म एउटै एजेण्डा पुराना दलले भोट बैंकका रुपमा प्रयोग गरेको उहाँको आरोप थियो










