भ्रष्टाचार नियन्त्रणलाई विशेष प्राथमिकता दिइएको थापाको भनाइ

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ७, २०८२ | काठमाडौं

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको चुनावी घोषणापत्र कार्यन्वयनका क्रममा भ्रष्टाचार नियन्त्रणलाई विशेष प्राथमिकता दिइएको बताउनुभएको छ। काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले २०४८ सालपछि पदमा पुगेका व्यक्तिको सम्पत्ति छानविन गर्न आफूहरु तयार रहेको समेत बताउनुभयो ।

 विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्न कांग्रेस तयार भएको सभापति थापाले उल्लेख गर्नुभयो । राज्यका निकायलाई दलीयकरण हुन नदिने उहाँको भनाइ थियो । कार्यक्रममा कांग्रेसले ल्याएको प्रतिज्ञापत्रबारे प्रश्नोत्तर समेत गरिएको थियो । कांग्रेसले जनकपुरमा कार्यक्रम गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । 


प्रतिक्रिया