भोट माग्न नभइ काम माग्न आएको हो : बालेन्द्र शाह

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ६, २०८२ | काठमाडौं

रास्वपाबाट भावी प्रधानमन्त्रीका लागि प्रस्तावित वरिष्ठ नेता बालेन्द्र शाहले कैलालीको धनगढीमा वृहत जनसभामा संक्षिप्त रुपमा मात्र धारणा राख्नुभएको छ । जनसभामा बोल्दै शाहले आफूहरु भोट माग्न माग्न नभई काम माग्न आएको बताउनुभयो । 

 जनसभामा बोल्दै वरिष्ठ नेता शाहले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार लगायत बिषय आफूहरुको एजेन्डा भएको बताउनुभयो । यसैबीच, रास्वपाले भोलि कर्णाली प्रदेशस्तरीय सभा सुर्खेतमा गर्ने जनाएको छ । चुनावी अभियान अघि बढिरहँदा दलहरुले विभिन्न शहरमा कार्यक्रम गर्न थालेका हुन्। 


प्रतिक्रिया