सप्तकोसी पश्चिम तटिय क्षेत्रमा प्रवेश

श्रावण १८, २०७९

झण्डै दुई महिना यता पश्चिम धार कटान गर्दै आएको सप्तकोसी उदयपुरको वेलका नगरपालिका – ८ डुम्रिबोटेबाट पश्चिम तर्फ प्रवेश गरेको छ । पूर्वी पहाडमा लगातारको बर्षातसगै कोसी नदिमा आएको बाढिले पछिल्लो सयम कटान तीव्र पारेको छ । बिशेष गरेर डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोहि स्थानबाट वेलका नगरपालिकाका क्षेत्रमा पसेको स्थानीयले वताए । कोसी पश्चिम पसेसगै वेलका नगरपालिकाको १,२, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलका टापु, भागलपुर,करैया, तपेश्वरी लगायका वस्ती खतरामा परेका छन । नगरपालिकाले दुई दिनयता ती क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थान तर्फ जानकालागि सूचना जारी गरिरहेको नगर प्रमुख अशोक कार्कीले वताउनुभयो । कार्कीका अनुसार अव तटिय क्षेत्रका २० हजार भन्दा बढि जनसख्या विस्थापनको उच्च जोखिमा छन ।

कोसी छिर्दा वेलका नगरपालिकाका १ हजार ७ सय परिवारका २० हजार बढिको बसोबास जोखिममा परेका छन । अहिले अवस्थामा धारै परिर्वतन हुदा“ छिमेकी सप्तरी जिल्लाको सप्तकोसी र कन्चनरुप नगरपालिकासाथै सुनसरीमा समेत क्षती पुग्नेछ ।


प्रतिक्रिया