स्वास्थ्यकर्मी नहुँदा जिल्ला अस्पतालमा पीसीआर सेवा बन्द

श्रावण २४, २०७९

पुर्वी नवलपरासीस्थित जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा पीसीआर परीक्षण बन्द भएको छ । गत असारमा करार अवधि सकिएका ३६ स्वास्थ्यकर्मीको पुर्ननियुक्ति नहँुदा पिसिआर सेवा ठप्प भएको हो । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले एक वर्षका लागि करारमा नियुक्ती गरेका कर्मचारीको समावधि सकिएपनि नयाँ कर्मचारी पठाएको छैन । जिल्ला अस्पतालका सूचना अधिकारी छवि सुवेदीका अनुसार पिसिआर ल्याबमा कार्यरत स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि जिल्ला अस्पतालमा रहेको कोरोना परिक्षण गर्ने पिसिआर ल्याब बन्द छ । साउन यता जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपनि परिक्षण हुनसकेको छैन । जिल्लामा रहेको एकमात्र पिसिआर ल्याब बन्द हुदा पिसिआर परिक्षणका लागि भरतपुर वा पोखरा जानु पर्ने बाध्यता सर्वसाधरणलाई छ ।  


प्रतिक्रिया