बैशाखयताका विपद्का घटनाबाट १ सय ५२ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

श्रावण २८, २०७९

बाढी पहिरो लगायतका विपद्का घटनामा परी गत बैशाखदेखि हालसम्म १ सय ५२ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुलुकभर सो अवधिमा १ सय ५२ जनाको मृत्य भएको हो भने ३ सय ६९ घाइते भएका छन । ५ जना भने अझै वेपत्ता भएको प्राधिकरणले जनाएको छ । चट्याङ लागेर सबैभन्दा बढी ५६ जनाको मृत्यु भएको छ । यस्तै पहिरोमा परी २७, आगलागीबाट १९ र जनारवरको आक्रमणबाट १४ जनाको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिननमा उल्लेख छ । यस्तै बाढीबाट ६, सर्पको टोकाईबाट १५, हुरीबतासका कारण भएका घटनाबाट ९ को मृत्यु भएको छ ।

४ महिनाका अवधिमा मुलुकभर १ हजार ३ सय ८५ घटना हुदा ८२ करोड ८३ लाख ७४ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ । आगालागीका कारण करिब ६९ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ । ती घटनाहरबाट १ हजार ७ सय ५० घरपरिवार प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया