२ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

रेडियो कान्तिपुर संवाददाता

श्रावण २८, २०७९ | काठमाडौं

नेपालमा पछिल्लो पटक २ सय ६३ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय ६५ नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार थप २ जनाले ज्यान गुमाएका छन ।

 यो संगै नेपालमा ११ हजार ९ सय ८६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लो पटक थप ५ सय १ जना उपचारपछि निको भएका छन् । अहिले नेपालमा कोरोनाका ५ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६१ जनाको आईसीयु र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया