एमसीसी परियोजनाको पुर्व तयारीमा मात्रै झण्डै साढे ६ अर्ब रुपैयाँ खर्च

भाद्र २, २०७९

मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अनुदान सहयोगमा बन्न लागेको विकास परियोजनाको पुर्व तयारीमा मात्र हालसम्म करिब साढे ६ अर्ब रुपैयाँ खर्च भएको छ । परियोजनाको काम सुरु हुन एक वर्ष लाग्ने भएपनि विद्युत प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण, मुुआब्जा वितरण लगायतका पुर्व तयारीको काममा ६ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको मिलेनियम च्यालेन्ज एकाउन्ट एमसीए नेपाल विकास समितिले जनाएको छ । परियोजना अन्र्तगत विद्युत प्रसारण र सडक मर्मत सम्भारका लागि एक वर्षभित्र सबै पुर्वतयारी सकेर २०२३ अगस्टबाट निर्माण सुरु गर्ने लक्ष्य राखिएको एमसीए नेपालविकास समितिका कार्यकारी निर्देशक खडगबहादुर विष्टले जानकारी दिनुभयो । 

परियोजनाअन्र्तगत ३ सय १५ किलोमिटर लामो ४ सय केभि विद्युत प्रसारण लाईन र ३ वटा सबस्टेशनबनाउने उल्लेख छ ।यस्तै सडक मर्मततर्फ दाङ जिल्लामा पर्ने पुर्व पश्चिम राजमार्गको ७७किलोमिटरसम्मआधुनिकतवरले मर्मत गर्ने जनाइएको छ । हालसम्म रातमाटे सब स्टेशनमा निर्माणका लागि नुवाकोटमा जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम करिब सकिएको निर्देशक विष्टले जानकारी दिनुभयो । स्थानीयको असन्तुष्ट्रि, जग्गा मुआब्जा लगायतका कारण प्रसारण लाईन बन्ने करिब २८ दशमलव ५ किलोमिटर क्षेत्रमा नयाँ रुट खोज्ने काम भइरहेको उहाँले बताउनुभयो । यस्तै वातावरणीय र सामाजिक असर न्युनिकरणका लागि टावरको संख्या १ हजार ३ सय १५ बाट ८ सय ५४ मा झारिएको पनि निर्देशक विष्टले बताउनुभयो । प्रसारण लाइन र सब स्टेशनको डिजाइन कार्य कार्य सम्पन्न भएको र सो क्षेत्रमा पर्ने रुख कटानको लागि अनुमति प्रक्रिया अगाढि बढेको एमसीए नेपालले जनाएको छ ।

कुल ६३ करोड अमेरिकी डलर बराबर लागत रहेको यो परियोजनामा ५० करोड डलर एमसीसी र बाकी १३ करोड अमेरिकी डलर नेपाल सरकारले व्यहोर्ने जनाइएको छ । परियोजना लागतको कुल रकममध्ये आयोजनाको पूर्वतयारीका लागि १२ दशमलव ७८ प्रतिशत र निर्माण चरणका लागि ८७ दशमलव २२प्रतिशत खर्च गरिने एमसीए नेपालले जनाएको छ । नेपाल सरकार र एमसीसीबिच २०७४ भदौ २९ माएमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो । निर्माण सुरु भएको मितिले ५ वर्षभित्र परियोजनाको सबै काम सक्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया