स्वास्थ्यकर्मीले नै उपचार नपाउँदा ज्यान गुम्यो

भाद्र ९, २०७९ | डोटी

डोटीको जिल्ला अस्पतालमा उच्च रक्तश्रापका कारण एक सुत्केरीको मृत्यु भएको छ । डोटी आदर्श गाउँपालिका वडा नं ६ गिरीचौकाकी ३२ बर्षिया जानकी बोहरा खडायतको मृत्यु भएको हो । उच्च रक्तश्राप भएपश्चात् उपचारका लागी अन्यत्र लैजान नेपाली सेनाको हेलिकप्टरका लागी पहल भएपनि सम्भव नभएपछि उनी थप उपचारबाट वञ्चित भएको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकायाले दावी गर्नुभएको छ । बोहोरा आफै पनि गिरीचौका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् । 

हिजो एक्कासी रक्तश्राप हुन थालेपछि थप उपचारका लागि आदर्श गाउँपालिकाको मौवा स्वास्थ्यचौकीबाट जिल्ला अस्पताल रिफर गरिएको थियो । हिजो साँझ उनले मृत शिशुलाई जन्म दिएको अस्पतालले जानकारी दिएको छ । उच्च रक्तश्रापका कारण उनको मृत्यु भएको डा. सोहन शाहले बताउनुभयो । 


प्रतिक्रिया