रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

आश्विन ६, २०७९

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङसी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भूमे २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जनाकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको डिएसपी डाँगीले बताउनुभयो । 

घाइतेको पनि पनि परिचय खुल्न सकेको छैन । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएपनि दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया