रुकुम पूर्वमा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट)

आश्विन ६, २०७९ | रुकुम पूर्व

काठमाडौंबाट रुकुम पूर्वको सदरमुकाम रुकुमकोट जाँदै गरेको बस रुकुम पूर्वमा आज दिउँसो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका–३ को क्याङसीबगरमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बसमा सवार १७ जनामध्ये दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । अन्य १२ जना घाइते भएकामा गम्भीर ४ जनालाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि बाँके लगिएको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हिरा आचार्यले जानकारी दिनुभयो । 

घटनास्थलमा ३ उपचारका क्रममा २ जनाको गरि ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ८ चारगाउँका ३६ वर्षीय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका ५ डालिबाङका २३ वर्षीय बुद्धिमान बुढा, सिस्ने गाउँपालिका ६ का २ वर्षीय बालक सिजन खड्का र उनकी आमा ४० वर्षीया लक्ष्मी खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो । दुर्घटनामा बसका चालक रामेछापका २६ वर्षीय लिलाभक्त श्रेष्ठको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि बाँके लगिएको छ ।    


प्रतिक्रिया