देशैभरका न्यायालय आजदेखि बन्द

रेडियो कान्तिपुर संवाददाता

आश्विन १०, २०७९

देशैभरका न्यायालय आजदेखि अगामी २३ गतेसम्म बन्द हुने भएका छन् । विजयादशमीको अवशरमा घटस्थापनादेखि २३ गते पूर्णिमासम्म देशैभरका न्यायालय बन्द हुने भएका हुन् । सो अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट बाहेक अन्य रिट नहेरिने सर्वोच्च अदालतले जनाएको छ । ७७ वटै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत खुल्ला रहेपनि प्रत्यक्षीकरण बाहेकका रिटमा सुनुवाइ एवं मुद्धामामिलामा बहस नहुने अदालतले जनाएको छ । 

 यसैबीच, कार्यकाल सकिएसागै कायममुकायम प्रधानन्यायाधीस दिपककुमार कार्की सर्वोच्चबाट विदा हुनुभएको छ । ६५ वर्ष उमेर हदका कारण  अदालतबाट विदा हुनु भएको हो । कार्यकाल आगामी असोज १५ गतेसम्म रहेपनि सर्वोच्च आजैदेखि बन्द हुने हुँदा उहाँलाई हिजै विदाइ गरिएको हो ।


प्रतिक्रिया