खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ७० रुपैयाँ तोकियो

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७९

सरकारी मातहतको खाद्यसंस्थानले दशैंलाई लक्षित गरि सहुलियत दरको खसीबोका आजदेखि विक्री शुरु गर्दैछ । खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ७० रुपैयाँ तोकिएको छ । आजदेखि विक्रि गर्ने गरी प्रतिकिलो ६ सय ८० रुपैयाँ निर्धारण गरिएकोमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत स्वरुप थप १० रुपैयाँ छुट दिन लागेको हो ।

सो मूल्य निजी व्यापारीले विक्रि गर्नेभन्दा प्रतिकिलो ४० रुपैयाँ सस्तो भएको कम्पनीका विक्रिवितरण विभाग प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो । खाद्यले च्याङग्राको मूल्य भने प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्तालाई प्रतिकिलो १२ सय ५० रुपैयाँमा विक्रि गर्नेे जनाएको छ ।

यसअघि सरकारले सहुलियत पसलबाट विक्रि हुने जिउँदो खसीबोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ । सोहि अनुशार खाद्यले निर्धारण गरेको विक्रि मूल्यमा थप १० रुपैयाँ दिइएको हो ।


प्रतिक्रिया