शक्तिशाली आधीका कारण अमेरिकाको जनजीवन अस्तव्यस्त

आश्विन १३, २०७९ | काठमाडौं

अमेरिकाको फ्लोरिडा लगायतका क्षेत्रमा आएको शक्तिशाली आधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । बाढी, तुफान र तिव्र गतिको हावा फ्लोरिडाको तटीय क्षेत्रतर्फ बढेको हो । हुरिकेन नामक शक्तिशाली आँधी २ सय ४१ किलोमिटर प्रतिघण्टाको दरले अघि बढीरहेको फ्लोरिडाका गर्भनरलाई उदृत गर्दै  अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।   

आँधीका कारण कम्तिमा २३ जना हराईरहेका छन् । फ्लोरिडाका १८ लाख उपभोक्ताका घरमा विद्युत आपूर्ति बन्द भएको छ । आधिका कारण पश्चिमी क्युवा क्षेत्रमा दुईजनाको मृत्यु भएको छ ।  


प्रतिक्रिया