प्रत्येक वर्ष १५ हजार बढि ह्दयाघातका विरामी थपिदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन १३, २०७९ | काठमाडौं

नेपालमा प्रत्येक वर्ष १५ हजार भन्दा बढी ह्दयाघातका विरामी थपिदै गएको सरकारको तथ्याङकले देखाएको छ ।

 स्वास्थ्य सेवा विभागको तथ्याङक अनुसार हरेक वर्ष ह्दयाघातका विरामी थपिने गरेका हुन् । त्यस्तै, सहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रका अनुसार, पछिल्ला ६ वर्षमा ह्दयाघातका विरामी तीन गुणाले बढेको छ । खानपानमा देखिएको समस्या, मानसिक तनाव तथा व्यायामको कमी लगायत कारणले मुटुसम्वन्धि रोग बढ्दै गएको विज्ञहरुले बताएका छन् । 


प्रतिक्रिया