अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरिया भ्रमणमा

आश्विन १३, २०७९ | काठमाडौं

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरियाको भ्रमणमा पुग्नुभएको छ । ह्यारिस दक्षिण कोरिया जाने एक दिन अघि उत्तरले आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुई वटा आणविक क्षेप्यास्त्र परिक्षण गरको थियो । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्या अभ्यास शुरु गर्नु अघि उत्तरको सो कदमलाई क्षेत्रीय तनाव सिर्जना गर्ने कदम एवं धम्कीको रुपमा विश्लेषण गरिएको छ ।

क्षेप्यास्त्र परिक्षण गर्ने कदमको निन्दा गर्दै दक्षिण कोरिया र जपानी अधिकारीले उत्तर कोरियाले उत्तेजना फैल्याएको आरोप लगाएका छन् । अमेरिकाले पनि उत्तर कोरियालाई आणविक क्षेप्यास्त्र परिक्षण गर्न प्रतिवन्ध लगाएको छ । सोलको भ्रमणका क्रममा उपराष्ट्रपति ह्यारिसले उत्तर र दक्षिण कोरियाली प्रायद्धिपको निशस्त्रिकरण क्षेत्रमा समेत भ्रमण गर्ने बीबीसीले जनाएको छ । जपानी पूर्वप्रधानमन्त्री सिन्जो आवेको दाहसंस्कारमा सहभागी भएर उपराष्ट्रपति ह्यारिस दक्षिण कोरिया पुग्नुभएको हो । सो क्रममा उहाँले अमेरिका र जपानको संयुक्त सैन्य संयन्त्रलाई समेत सम्वोधन गर्नुभएको थियो । 


प्रतिक्रिया