सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

रेडियो कान्तिपुर संवाददाता

आश्विन १४, २०७९

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सहमति जुट्न नसकेपछि पुन : गठबन्धन दलको शीर्ष तहमा छलफल हुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा आज बस्ने बैठकमा गठवन्धन दलबीच दोहोरो दाबी भएका क्षेत्रमा सहमतिको प्रयास खोजिने राष्ट्रिय जनमोर्चाका नेता एवं कार्यदल सदस्य हिमलाल पुरीले जानकारी दिनुभयो । विभिन्न विकल्पसहित गरेको सिट बाँडफाँटसम्बन्धी प्रस्तावमा कार्यदलमा सहमति नभएपछि पुन : शीर्ष तहमा छलफल हुन लागेको हो ।

संघतर्फ लगभग सहमति जुटेपनि प्रदेशतर्फ नेपाली काँग्रेसले बढी सिट दाबी गर्दा सहमति जुट्न नसकेको उहाँले जानकारी दिनुभयो । हिजोको बैठकमा कांग्रेसलाई ८७, माओवादी ४५, एकीकृत समाजवादी १७, जसपा १४ र जनमोर्चाले २ सिट पाउने कार्यदल संयोजक कृष्ण सिटौलाले प्रस्ताव गरेपछि विवाद पुन बल्झिएको थियो । सो प्रस्तावमा कांग्रेस बाहेकका दलले असहमति जनाएका थिए । प्रत्यक्षतर्फको मनोनयन गर्ने समय नजिकिएसँगै सत्तन गठबन्धनभित्र सीट भागवण्डा सकस बनिरहेको छ । 


प्रतिक्रिया