सुनकोसी मरिण डाइभर्सनको जिम्मा दिईएको चाइना कम्पनीबाट अबैध दोहन

आश्विन १४, २०७९ | सिन्धुली

मरिण डाइभर्सन बहुउद्देश्यिय आयोजना सुरुङ मागको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज कोभेकले अवैध मरिणखोला दोहान थालेको छ । चाडबाडको मौका पारेर चाइना कम्पनीले सुरुङ मार्ग निर्माणस्थलमा प्रयोग गर्न मरिणखोलाको बहाव र पुल क्षेत्रबाट अबैध दोहन गरेको हो । 

चारवटा मेशिन प्रयोग गरेर मरिणखोला बहाव क्षेत्रभित्र र पुल रहेको ५० मिटर पेरीफेरी क्षेत्रमा समेत दोहन गरेर ढुङ्गा, बालुवा निकालेको स्थानीयले बताएका छन् । साता अघि कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र पोखरेल सहितको टोलीले ठेकेदार चाइन ओभरसिज कोभेकले अवैध दोहन गरेको भन्दै दुइवटा ढुङ्गा लोड भएको ट्रक नियन्त्रणमा लिएर कारवाही समेत गरेको थियो । 

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिएको छ । गत आर्थिक वर्षबाट शुरु भएको आयोजना २०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ । 


प्रतिक्रिया