प्रतिनिधीसभामा समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा

रेडियो कान्तिपुर संवाददाता

मंसिर १३, २०७९

प्रतिनिधीसभामा समानुपातिक तर्फको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । अहिले सम्म ९५ लाख ६० हजार १ सय ६४ मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधीसभामा प्रत्यक्ष तर्फ प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको नेकपा एमाले समानुपातिकमा भने अग्रस्थानमा कायमै छ । एमालेले अहिले सम्म २५ लाख ७९ हजार ८ सय ३८ मत प्राप्त गरेको छ । प्रत्यक्षतपर्फ अग्रस्थानमा रहेको कांग्रेस समानुपातिकमा भने २४ लाख ३८ हजार ३ सय ५१ मतसहित दोस्रो स्थानमा रहेर एमालेलाई पछ्यारहेको छ । त्यस्तै १० लाख ९७ हजार ३ सय ६५ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा रहदाँ राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ७१ हजार ७७ मतका साथ चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५१ हजार २२ मतका साथ पाँचौ स्थानमा छ । छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टी जसपाले ३ लाख ५७ हजार २ सय १० मत ल्याएको छ । त्यसैगरि थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्न जनमत पार्टी र नेकपा एकीकृत समाजवादीले संघर्ष गरिरहेका छन् ।

जनमत पार्टीले २ लाख ९९ हजार १ सय ४८ मत ल्याउँदा एकीकृत समाजवादीले २ लाख ६४ हजार ३ सय ३१ मत ल्याएको छ । 


प्रतिक्रिया